सर्लाही : पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा लागेकी छन्। उनी सन्  १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी हुन्।

हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाँधिएकी शाहका एक छोरा र दुई छोरी छन्। 

पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन्। उनले राजनीतिबाट टाढा रहेर हिमानी ट्रष्टमार्फत सामाजिक कार्य गर्दै आएकी छन्। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here