एजेन्सी : महिलाको भित्री वस्त्र ‘ब्रा’ सानो किनिदिएको भन्दै एक महिलाले विवाह भएको १२ घण्टा नपुग्दै श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गरेकी छिन्। उनले आफ्नो श्रीमानलाई आफूले लगाउने ब्राको साइज थाहा हुदाँ हुँदै पनि सानो किनेर अपमान गरेको आरोप लगाएकी छिन्।

यो घटना केही दिनअघि चीनको एक शहरमा भएको हो। समाचारका अनुसार उनीहरुले पहिला कानूनी रुपमा विवाह गरेका थिए। पछि उनीहरुले रितपूर्वक विवाह गरे त्यसपछि बेहुला र बेहुलीबीच उक्त बिषयले विवाद चर्किएको हो।

संस्कारमा बेहुलाले बेहुलीलाई भित्री बस्र किनिदिने चलन रहेको समाचारमा उल्लेख गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here