धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मंगलबार महेन्द्रनगरदेखि धनगढी आइरहेको म.१ ज.२०९० नम्बरको विङ्गरबाट खसेर भीमदत्त नगरपालिका-६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

अपरान्ह करिब ०३:४० मा शुक्लाफाँटा नगरपालिका-५ स्थित अर्जुनी ब्यारेक नजिकै विङ्गरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए। घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। उक्त सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here