सर्लाहीको लालबन्दीको बीच बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ। लालबन्दी नगरपालिका-७ को बीच बजारमा रहेको ट्राफिक प्रहरी चेक पोष्टमा सिसिटिभी क्यामेरा जडान गरिएको हो।

सधैं व्यस्त रहने चोकमा अपराधिक गतिविधि नियन्त्रण गर्ने, दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमण नियन्त्रण अभियानलाई थप सघाउ पुर्याउने उद्देश्यले चोकमा सिसिटिभी जडान गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

लालबन्दीकै बीच बजारमा रहेको अतिव्यस्त मरिण जाने चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको र जसबाट सवारी दुर्घटना लगायतका विषयमा अनुसन्धान गर्न सहज हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुबोध कुमार सिंहले बताए। जसबाट दुर्घटना गरेर फरार हुने सवारी साधनहरुको अनुसन्धान गर्न थप मद्दत पुग्ने प्रहरीले जनाएको छ।

पछिल्लो समयमा दुर्घटना गरी सवारी साधनहरु फरार हुने सवारी साधनको खोज अनुसन्धान गर्न सहज हुने र अपराधिक गतिविधि रोक्न क्यामेराले थप मद्दत गर्ने प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here