राधेश्याम कुशवाहा,सर्लाही: जिल्लाको गोडैता नगरपालिकाको सरस्वती विद्यालयमा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल वितरण तथा बडा दसैंको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

गोडैता नगरपालिका वार्ड न. ५ रामवन स्थित श्रीमती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा सम्पन्न भएको कार्यक्रमा कक्षा ८ मा अध्ययनरत २३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो।

प्रदेश सरकारको महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मोहन महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको विद्यालयको प्रधानाध्यापक रामप्रकाश महतोे जानकारी दिए ।

यसै अवसरमा मन्त्री सिंहको हातबाट शिक्षाको विकृति र विसंगति विरुद्व कलम चलाउने राज्यको चौथौ अंग रौतहटको दुई र सर्लाहीका ५ गरी ७ संचारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट समेत सम्मानित गरिएको छ।

सम्मानित हुने रौतहटका बज्जिकान्चल दैनिकका संचालक राजु श्रीवास्तव, गोरखापत्र दैनिकसंग आबद्व संजय साह मित्र,कान्तिपुरकर्मी सन्तोष सिंह,सर्लाहीका उज्यालो अभियानका प्रकाशक टंक क्षेत्री, मधेश पोष्ठ दैनिकका सम्पादक विश्वनाथ ठाकुर, जिल्लाका एक मात्र महिला सम्पादक सर्लाही अपडेटका संचालक बन्दना झा र कारोबार दैनिकका सर्लाही प्रतिनिधि राधेश्याम कुशवाहा रहेकोे छन।

विद्यालयमा कक्षा प्रथम गर्ने विद्यार्थी र राष्ट्रसेवक कर्मचारी ईकाई प्रमुख रामाआधार सिंह कुशवाहालाई मायाको चिनो, सेवा निवृत्त शिक्षाकर्मी र विद्यालयको सर्वाङ्गीण विकासमा हातेमालो गर्ने शिक्षकहरुलाई समेत शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरस्वती विद्यालयमा भएको कार्यक्रमले खस्किदै गएको सामुदायिक विद्यालयको गुणस्तरप्रति निराश र असन्तुष्ट भएका अभिभावकको मनोबललाई उच्च पार्ने काम गरिएको प्रमुख अतिथि मन्त्री विरेन्द्र प्रसाद सिंहले बताए।

सामुदायिक विद्यालयले पनि गुणस्तरिय शिक्षा प्रदान गरी बालबालिकालाई विभिन्न क्षेत्रमा सफल र प्रतिभावान बनाउने काम गर्न सकिने यस विद्यालयले प्रमाणित गरेको बताए। सरस्वती विद्यालय जस्तै अरुले पनि भौतिक र शैक्षिक सुधार गरी गुणस्तरिय शिक्षाको थालनी गर्न थालियो भने आवासिय विद्यालयमा विद्यार्थीको चाप घटि सामुदायिक प्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने बताए।

वि.स. २०६५ सालमा झोले विद्यालयको रुपमा स्थापना भएको सरस्वती विद्यालय दानमा प्राप्त भएको जग्गा र आफ्नै स्रोत साधनबाट एक दशकमै भौतिक पूर्वाधार र शैक्षिक स्तरमा आफूलाई जिल्लामै अब्बल सावित गर्न सफल भएको प्रदेश सांसद ओपेन्द्र कुशवाहाले बताए।

सामुदायिक विद्यालयको भौतिक संरचना र शैक्षिक स्तर दिनप्रतिदिन खस्कदै गईरहेको अवस्थामा सरस्वती विद्यालय उदाहरणिय कार्य गर्न सफल भएकोमा अन्य विद्यालयले समेत यस विद्यालयबाट पाठ सिक्नुपर्ने बताए।

सरस्वती विद्यालयको संस्थापक शिक्षाप्रेमी तथा लेखक रामचन्द्र महतो, सुनिल कुशवाहा, प्रधानाध्यापक रामप्रकाश महतो लगायत विद्यालय शिक्षकका अर्थक परिश्रम, लगन र प्रयासको परिणामस्वरुप विद्यालय जिल्लामै उकृष्ट हुन सफल भएकोे जिकिर गर्नुभयो । विद्यालयको भौतिक सुधार र मर्मत सम्भारका लागि समेत आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्वतता समेत व्यक्त गरे।

विद्यालयको प्रधानाध्यपक रामप्रकाश महतोको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई जिल्लाकै चर्चित नेपाली विषयका शिक्षक तथा संचारकर्मी विनोद कुशवाहाले संचालन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ सरकारको महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह, विशिष्ट अतिथि प्रदेश २ प्रदेश सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक ओपेन्द्र प्रसाद कुशवाहा, प्रमुख अतिथि गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव,
बरहथवाका मेयर देवानन्द महतो, बसबरियाका अध्यक्ष रामज्ञा प्रसाद यादव, धनकौलका अध्यक्ष रामश्रय साह, रामनगर उपाध्यक्ष नितु देवी, गोडैता उपप्रमुख अंजना कुशवाहा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामअधार सिंह कुशवाहा, विद्यालय संस्थापक एवं बज्जिका भाषा अभियन्ता रामचन्द्र महतो, प्रधानाध्यापक रामप्रकाश महतो, शिक्षा प्रेमी सुनिल कुमार कुशवाहा, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, वडाअध्यक्ष, राजनितिककर्मी, सामाजिक अगुवा, नागरिक समाजको साथै संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here