सर्लाही : नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल अन्ततः राजनीतिमा प्रवेश गर्ने भएका छन्।

आईजीपी बन्न नसकेपछि राजीनामा दिएर नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका खरेलले भोली पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने भएका हुन्। नेपाल सुशासन अभियानका संयोजक खरेलले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन्।

खरेलले कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाउँदै आइरहेका छन्।

उनले विज्ञप्तिमा लेखेका छन्-‘कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाइरहेको नेपाल सुशासन अभियानलाई राजनीतिक दलको रुपमा रुपान्तरण गर्नु पर्दछ भन्ने जन चाहानालाई सम्बोधन गर्न र सम्पूर्ण नेपाली दिदी–बहिनी, दाजु-भाईसँग हातेमालो गर्दै अगाडि बढ्न छलफल, सुझाव, सहभागिता र आवद्धताको लागि आव्हान तथा अपिल गर्न नेपाल सुशासन अभियानले पत्रकार सम्मेलन आयोजना गर्न गइरहेको छ।’

विज्ञप्ति

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here