सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथानमा छिमेकीले पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायको आज बिहान कीर्तिपुर अस्पताल, काठमाडाैंमा मृत्यु भएको हो। शियाशरणलाई हिजो बिहान छिमेकी अन्दाजी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्किएर आगो लगाएका थिए।

आगोले शरीरका सबैजसो भाग जलेर गम्भीर घाइते भएका शियाशरणलाई धनुषाको लालगढमा सामान्य उपचार गरी हेलिकप्टरमार्फत काठमाडाैं पुर्‍याइएको थियो।

उनलाई पेट्रोल छर्किएर आगो लगाउने शिवजी साह भने अझै फरार छन्। उनको तीव्र रुपमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि दुबई गएका शिवजी अस्ति आइतबार मात्रै घर आएका थिए। पुरानो रिसिइबीका कारण शिवजीले शियाशरणमाथि पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here