सर्लाही : असोज १५ देखि सुरु भएको चौथो वडाध्यक्ष नकाउट फुटबल प्रतियोगितामा लालबन्दी नगरपालिका-१६ परवानीपुर विजयी भएको छ।

लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरमा भएको खेलमा लालबन्दी १६ ले बाइमा परी २१ गते लालबन्दी-१७ रानिगन्ज हराएको थियो। २१ गते लालबन्दी १७ लाई एक गोल गरी सेमिफाइनल प्रवेश गरेको उसले लालबन्दी ८ लाई ४ गोल गरेर फाइनलमा आफ्नो स्थान बनाउन सफल भएको थियो।

आज भएको फाइनलमा लालबन्दी-१६ परवानीपुरले लालबन्दी-६ लाई ० का विरुद्ध २ गोल गरी प्रथम भएको हो। आजको दुवै गोल जर्सी नम्बर १० रमेश बस्नेतले गरेका हुन्। परवानीपुरले पहिलो हाफमा एक र दोस्रो हाफमा अर्को गोल गर्न सफल भयो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here