सर्लाही : मुगु जिल्लाको छायानाथस्थित रारा नगरपालिका-७ पिनाटपने खोला भन्ने ठाउँमा भएको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको र क्षतविक्षप्त अवस्थामा भेटिएको छ।

‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल ल्याउने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’

अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ। उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here