जनकपुरधामको शक्ति पीठहरुमा खोँइच भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ ।

राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर,धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर,सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो। 

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरु खोँइँच भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको ‘खोँइच’ भर्ने विधि निकै पौराणिक हो। सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइच’ भर्ने गर्दछन्। यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइच’ भर्ने पण्डितहरू बताउँछन्। 

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइच’ दिने गरिन्छ। यसमा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ। ‘खोँइच’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरु दुर्गामाताको खोँइच भर्ने गर्दछन्।

खोँइच भर्न हजारौँको सङ्ख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायत स्थानमा खोँइच भरिरहेका छन्।

त्यस्तै प्रसाद चढाउन गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइच भर्न महिलाको भीड लाग्छ। जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ। त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोका बलिका लागि जनकपुर जाने गरेका छन्। प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ।

–––

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here