जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जारी गरेको निषेधाज्ञाका कारण जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको मुलढोका पनि बन्द गरिएको छ।

यस अघिको कोभिड–१९ को प्रकोप पहिलो चरणका बेला पनि मन्दिरको मूल ढोका बन्द गरिएको थियो

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘कोरोना संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै मन्दिरमा भीड हुन नदिन मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएको हो।’

‘लकडाउनले पूरै सहर बन्द भए पनि आस्था र धर्ममाथि विश्वास राख्नेहरु मन्दिर आउने क्रम जारी नै थियो । यस्तोमा कोरोना भाइरस सर्ने डरले मन्दिरको मूल ढोकाहरु बन्द गर्न बाध्य भएका हौँ,’ उनले बताए।

मन्दिरको गर्भगृह भने खुलै रहने बताइएको छ। जहाँ नियमित रुपमा भगवानको पूजाअर्चना हुन्छ तर, सर्वसाधारणले दर्शन र पूजापाठ गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

सर्वसाधारणका लागि मन्दिर बन्द भएता पनि प्रत्येक दिन बिहान बेलुका हुने नित्य पूजा जारी रहेको महन्थ दासले जनाए।

मन्दिरमा प्रतिदिन गरीब र साधुसन्तहरुको लागि निःशुल्क भोजन खुवाउने गरिन्थ्यो। तर, कोरोनाको जोखिमलाई हेर्दै यी सबै कार्यक्रमहरु बन्द भएको छ। जानकी मन्दिर जस्तै यहाँको प्रसिद्ध राममन्दिरमा पनि ढोका बन्द गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here