सर्लाही : जिल्ला प्रशासन कार्यालयले आवागमनका र अतिआवश्यक कार्यका लागि पाससम्बन्धी सूचना जारी गरेको छ। आज जिल्ला प्रशासनले एक सूचना जारी गर्दै पास वितरणलाई व्यवस्थित बनाएको हो।

पछिल्लो समय देशभर कोरोनाको नयाँ भेरियन्टसहित संक्रमण बढ्दै गएको छ। यस्तोमा देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा लागु भइसकेका छन्।

अतिआवश्यक व्यक्तिगत तथा सामाजिक कार्यका गर्न जिल्ला प्रसासनले केही मापदण्ड बनाएर पास वितरण गर्ने जनाएको छ। जसअनुसार गन्तव्यमा आउने जाने दुवैतिरका स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। तर बिरामीको हकमा यो लागु नहुने प्रशासनले जनाएको छ।

त्यस्तै जाने व्यक्तिको नाम र संख्या सहितको व्यहोरा अनिवार्य खुलाउनुपर्ने जनाइएको छ। त्यस्तै बिरामीलाई रेफर गरिएको पत्र, सवारीको ब्लुबुक, सवारी लाइसेन्स पनि अपरिहार्य हुनुपर्ने सूचनामा जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here