अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ।

गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले बताएका थिए।शाह विगत साढे २ वर्ष देखि ड्र विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्।

सिरहा घर भएका २२ वर्षीय शाहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ।

बेपत्ता भएका शाहलाई अन्तिम पटक न्यू जर्सीको नेवार्क-पेन स्टेसनमा देखिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here