कैलालीको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा अक्सिजन सिलिण्डर बोकेको मिनि ट्रक दुर्घटना भएको छ। बिहिबार नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म.१ ख. ३०४ नम्बरको मिनि ट्रक डोकेबजारमा विहान करिव १० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।

ट्रक दुर्घटनामा परी ४ जना सामान्य घाइते भएका छन्। पछाडीको टायर पड्किदा अनियन्त्रित हुन गइ दुर्घटना भएको हो। अहिले सिलीण्डर संकलन गर्ने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सुख्खडले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here