लालबन्दी बजार क्षेत्रमा भीड बढ्न थालेको छ। ४ दिनअघि कोरोना फैलिँदै गएको भन्दै लालबन्दी नगरपालिकाले बजार क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको थियो।

तर लालबन्दीका तरकारी बजार, किराना पसलजस्ता भीडभाड हुने खालका ठाउँमा मानिसहरू बेपर्वाह हिँडिरहेका छन्। अनावश्यक रूपमा सवारीसाधन पनि गुडरहेका छन्।

संक्रमण फैलिँदै गएको भन्दै नगरपालिका लगायत यहाँका राजनीतिक दलले कोरोनाबाट बच्न सचेतनामूलक कार्य गरे पनि त्यसको प्रभाव कतै परेको देखिँदैन। विशेष गरी बिहानीको समयमा लालबन्दीका तरकारी बजार क्षेत्रमा कृषक र व्यापारीको भीड नै लाग्ने गरेको लालबन्दी-१७ का विभु थापाले बताए।

सर्वसाधारणले कोरोना संक्रमणबाट बच्न जनस्वास्वास्थ्यको मापदण्ड प्रयोग नगरेका प्रति उनले गुनासो गरे। भने, ‘जसरी कागजपत्रबिना गाडी चलाउँदा ट्राफिक प्रहरीले जरिवाना गर्छन्, त्यसैगरी मास्क नलगाउनेलाई पनि जरिवाना भए हुन्थ्यो,’ उनले विशेष गरी बजार क्षेत्रमा लकडाउन कडा पार्नुपर्ने सुझाव पनि दिए।

लालबन्दीमा अहिले मेयर मानबहादुर खड्का नै कोरोना संक्रमित भएर बसेका छन्। गत वर्ष पनि नगरले कोरोना परीक्षणमा खासै ध्यान नदिएको भन्दै नगरबासीले गुनासो गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here