हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीमा ट्रक र बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

हेटौंडाबाट चितवनतर्फ गई रहेको ना. ५ ख. ४१४६ नम्बरको ट्रक र हेटौंडा हुँदै गौर जाँदै गरेको ना. ७ ख. ९१४० नम्बरको बस आपसमा ठोक्किएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

घाइतेहरुको अहिले हेटौंडाको चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here