नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा पनि निषेधाज्ञा लागु गरिएको छ। जिल्लास्थियत कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार भोलि राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ।

निषेधाज्ञा अवधिभर सार्वजनिक तथा निजी सबैखाले यातायात बन्द रहने जनाइएको छ। त्यस्तै अत्यावश्यक सामाजिक संघसंस्था र जिल्लाभरका कार्यालय पनि बन्द हुने उल्लेख छ।

होटर, रेस्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, फुटपाथ, टेलरिङ, हाटबजार, शैक्षिक संस्था तथा अन्य सबै पसल बन्द गर्न सूचनामार्फत निर्देशन दिइएको छ।

साथै भीडभाड हुने खेलकुद प्रतियोगिता र सार्वजनिक स्थलमा समेत रोक लगाइएको छ। औषधि उपचार, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ।

उल्लिखित नियमभन्दा बाहिर गए नियन्त्रणमा लिएर कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here