विद्यत् सर्ट भई करेन्ट लागेर मृत्यु भएका बालकको पोस्टमार्टम गर्न समस्या भएको छ। हिजो साँझ टिभी हेर्ने क्रममा घरमै करेन्ट लागेर लालबन्दी नगरपालिका-१० रामजानकी सुकुम्बासी बस्तीका सुवास बराइलीका ११ वर्षे छोरा सुमनको ज्यान गएको थियो।

लालबन्दीमै रहेको गाउँमैत्री अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो। उनलाई पोस्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले बताए।

तर बालकको पोस्टमार्टमका लागि आर्थिक अभाव भएको पाख्रिनले सर्लाही एक्सप्रेसलाई बताए उनको हालसम्म पोस्टमार्टम हुन सकेको छैन।

सुमनको शव अहिले मलंगवा अस्पतालमा राखिएको छ। शुक्रबार साँझ मृत्यु भए पनि शनिबार (आज) बिहानसम्म उनको शव जाँच हुन सकेको छैन।

Facebook Comments Box

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here