पछिल्लो २४ घण्टामा राैतहटका थप दुई जनाको कोरोना संक्रमबाट मृत्यु भएको छ।

राजपुर बहुअर्वा नगरपालिका-१ का ६० का एक जना र गाैर नगरपालिका-९ श्रीसियाका ५५ वर्षीय एक जनाको मृत्यु भएको राैतहट प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ।

राजपुरका ६० वर्षीयाको आज पाैने एक १ बजे गाैर अस्पतालमा निधन भएको हो भने गाैरका ५५ वर्षीयको पर्साको नारायणी अस्पतालमा पाैने १२ बजे मृत्यु भएको हो। मृतक दुवैको आजै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ। राजपुरका संक्रमितको संक्रमण भएको दुई दिनमै निधन भएको हो। त्यस्तै गाैरका ५५ वर्षीयलाई भने २१ गते संक्रमण भएको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here