सर्लाही : धनुषाका एक मेयरले आफूले चढ्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेका छन्।

सहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बर्बरियाले धनुषा जिल्लामै पहिलो पटक यो निर्णय लिएका हुन्।

‘कोरोना भाइरसको दोस्रो लहरले विश्व नै आक्रान्त बनेको छ। यसबाट नेपाल पनि अछुतो रहन सकेका छैन। दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको कैयौं समाचार पढ्न पाउदा अत्यन्त दुःख लागेको छ,’ उनले भनेका छन्।

भारतसँग सीमा जोडिएकाले धनुषाका ग्रामीण भेगमा दिनहुँ संक्रमित संख्या बढ्न थालेको छ। त्यसैले कोरोना संक्रमबाट कसैको ज्यान नजाओस् भनी आफूले गाडीलाई एम्बुलेन्स बनाएको मेयर बर्बरियाले बताए। गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्याउन प्रयोग हुने उनको भनाइ छ।

साथै उनले गाडीको आवश्यकता पर्नेले सीधा आफ्नो मोबाइल नम्बर ९८५४०२९७६९ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here