सर्लाही : विश्व रेडक्रस दिवसको अवसरमा आज सदरमुकाम मलंगवामा कोरोनासम्बन्धी सचेतनामूलक सडक कार्यक्रम चलाइएको छ। जहाँ मास्क तथा पञ्जा वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी सर्लाहीले जनाएको छ।

मे ८ तारिखका दिन विश्व रेडक्रस दिवस मनाइन्छ। यसै अवसरमा कोभिड-१९ महामारीबाट बच्न रेडक्रस लालबन्दी उपशाखाले पनि सभाहलमा कार्यक्रम गरेको शाखा उपसभापति भवानी कोइरालाले बताइन्।

कार्यक्रम जिल्लाका अन्य ठाउँमा पनि गरिएको उनले बताइन्। बढ्दो कोरोनालाई ध्यानमा राखी दूरी कायम गरी कोरोनासम्बन्धी जनचेतना र मास्क वितरण गरिएको कोइरालाले जानकारी दिइन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here