सर्लाही : बाटोमा खेलिरहेको अवस्थामा ३ वर्षीय बालकलाई ठक्कर दिई हिजो साँझ एक मोटरसाइकल फरार भएको छ। बरहथवा नगरपालिका-३ मा आफ्नै घर अगाडि बालकको ज्यान गएको हो।

स्थानीय श्याम महतोका ३ वर्षे छोराको मोटरसाइकल ठक्करबाट मृत्यु भएको हो। यद्यपि मोटरसाइकल चालक फरार छन्। स्थानीयका अनुसार मोटरसाइकल चालक नगरपालिका-१३ का वडाध्यक्ष जगनारायण यादव भएको शंका गरेका छन्।

हिजो साँझ तीव्र गतिमा आएको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो। बालकको घटनास्थलमै ज्यान गएको हो। बालककी आमाको आजसम्म पनि होस खुल्न सकेको छैन।

बरथहवा प्रहरीले भने मोटरसाइलकमा को सवार थिए भन्ने खुलिनसकेको जनाएको छ। प्रहरीले घटनाबारे खोजतलास गरिरहेको जनाएको छ। ठक्कर दिने मोटरसाइलक चालक पनि घाइते भएका हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तर मोटरसाइलक चालक फरार नभएका र स्थानीयले कुटपिट गर्ने डरले लुकेर बसेको हुन सक्ने पनि प्रहरीको अनुमान छ।

बालकको मृत्युपछि हिजो साँझ त्यस क्षेत्र तनावग्रस्त बनेको थियो। मृत बालकका आफन्त र परिवारजनले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए। स्थानीय र बालकका आफन्तलाई सम्झाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here