सर्लाहीमा कोरोना संक्रमित बढ्दै जान थालेपछि अक्सिजन तथा संक्रमितलाई दिने अतिआवश्यक औषधिको चरम अभाव हुन थालेको छ। सर्लाहीमा हाल निषेधाज्ञा जारी छ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को पटक–पटकको बैठकले जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरे पनि जिल्लामा भीडभाड र मानिसहरूको आवागमन रोकिन सकेको छैन।

जसका कारण संक्रमित बढ्न थालेका छन्। संक्रमित बढेसँगै गम्भीर खालका बिरामीलाई दिइने अत्यावश्यकीय औषधि जिल्लामा अभाव हुन थालेको छ।

कोरोनाबाट बँच्न र भाइरस फैलिन नदिन सरकारी तथा गैरसकारी क्षेत्रबाट निकै कार्यक्रम र प्रयास भए पनि स्थानीयस्तरमा यसको प्रभाव पर्न सकेको छैन।

जिल्लामा शनिबारसम्म सक्रिय संक्रमित संख्या २ सय ४३ जना पुगिसकेको छ भने ४ जना पुरुषको शनिबार मृत्युसमेत भएको थियो। जिल्ला प्रशासनले आइतबारदेखि लागु हुने गरि वैशाख ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here