सर्लाही:- प्रदेश २ मा ४९७ थपमा कोरोना संक्रमणकाे पुष्टी भएको छ। आइतबार साँझ सम्म ९८१ जनाको स्वाब परीक्षण गर्दा ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी धनुषा जिल्लामा १२७ जना, महोत्तरीमा ११२ जना, सिरहामा ३३ जना, बारामा ६७ जना, सप्तरीमा २ जना, रौतहटमा ५० जना, पर्सामा ७१ र सर्लाहीमा ८ जना संक्रमित भएको छ।

आरटी पिसिआर ९०४ जनाको गर्दा ४६९ र एन्टिजेन विधिबाट ७१ जनाको परीक्षण गर्दा २८ जनामा संक्रमण फेला परेका मध्ये महिला १ सय ५३ जना र पुरुष ३ सय ५३ जना रहेका छन्।
त्यसैगरी ५७ जना संक्रमित निको भएर घर फर्केका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here