सर्लाही : अमेरिकी नागरिकको गोलीबाट संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ।

अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आगजनिमा परि घिमिरेको मृत्यु भएको उनको बुबा विक्रम घिमिरेले जनाएका छन्।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको ज्यान गएको हो। स्थानीय समयअनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य सहर इनर हार्बरदेखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा घिमिरेको ज्यान गएको हो।

घिमिरे केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्नि युनिभसिटिबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए। मृतक सागरका काका कप्तान घिमिरेका अनुसार शनिबार बाल्टिमोर काउण्टीको उडनलमा भएको आगजनी तथा गोली प्रहार गर्ने र घटनामा आगजनी गर्नेसँगै ४ जनाको मृत्यु भएको हो।

मृतक घिमिरे नेपालीको घरमा बस्दै आएका थिए। घर जलेपछि सामान निकालेर गाडीमा राख्दै गर्दा उनलाई गोली लागेको बाल्टिमोर परिवार स्रोतले जनाएको छ।

सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्यननका लागि अमेरिका गएका थिए। मृतक घिमिरेका एक दाजु र एक दिदी छन्। सागरको शव नेपाल ल्याउन पहल भइरहेको मृतक बुबा विक्रमले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here