महोत्तरी:- महोत्तरीमा एक प्रहरी जवान झुण्डिएको अवस्था मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार सम्सी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय जितेन्द्र शाह मृत फेला परेका हुन।

उनको शव प्रहरी चौकी सम्सीबाट करिब ७०० मिटर उत्तर-पश्चिम खाली चौरमा रहेको आँपको रूखमा पासो लागेको अवस्थामा मंगलबार बिहान फेला परेको थियो। उनी आफ्नो ड्युटी सकेर राती सुतेका थिए। शव प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

पर्साको बहुदरमाई नगरपालिका-१ घर भई हाल ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत शाहको जेठ ७ गते विवाहको मिति तय भएको थियो। विवाहका लागि बिदा लिएर घर जाने तयारीमा रहेका शाहको मंगलबार बिहानै शव झुन्डिएको अवस्थामा फेला परेको हो।

मृतक प्रहरी जवान शाहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here