सर्लाहीमा कोरोना भाइरस परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण देखिएको छ।

जिल्ला अस्पताल मलंगवाको ल्याबमा गएराति ९१ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमा ५१ जनामा संक्रमण पाइएको ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले बताए।

अस्पतालमा वैशाख १७ गतेदेखि पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ। ल्याब टेक्नोलोजिष्ट रानाभाटका अनुसार अहिलेसम्म ५ सय २५ जनाको पीसीआर परीक्षण गरिसकिएको छ।

सर्लाहीमा आज बिहानसम्म दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट ३७० जना संक्रमित भएका छन्। त्यसमध्ये सात जनाको ज्यान गएको छ।

हिजो बलरा नगरपालिका–३, का थप एक जना संक्रमितको मृत्यु भएसँगै मृतक सङ्ख्या सात पुगेको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here