प्रादेशिक अस्पताल जनकपुरले भेन्टिलेटर उपलब्ध गराउन नसक्दा एक बिरामीको मृत्यु भएको छ।

अस्पताल पुर्याइएको तिन घण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान गएको मृतकका छोरा शत्रुधनले बताए।

शत्रुधनले बुवालाई लिएर बुधबार साँझ ५ बजे नै प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा पुगेपनि राति ८ बजेसम्म अस्पतालले भेन्टिलेटर उपलब्ध नगराउँदा बुवाको मृत्यु भएको आरोप लगाएका छन।

शत्रुधनले भने, ‘विरामी बुवालाई अस्पताल लगे पछि त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मीले अक्सिजन लगाइ अनि त्यतिकै छोडे। अब हेरविचारको लागि डाक्टर आउला भनेर पर्खि रहेका थिए तर सबै स्वास्थ्यकर्मीहरु आफ्नो काममा व्यस्त भइरहे । यता बिरामीको मृत्यु भइसक्दा समेत परिवारजनलाई कुनै जानकारी गराएनन्।’
उनीहरूले वार्डमा रहेका स्वास्थ्यकर्मीलाई जति आग्रह गरेपनि कसैले कुनै सुनुवाई नगरेको आरोप समेत लगाएका छन्।

यता,ड्युटीमा रहेका एक स्वास्थ्यकर्मीले बिरामीको सेचुरेशन लेभल ५२ मा रहेको अवस्थामा आफूहरूले भेन्टिलेटरको व्यवस्था मिलाउन परिवारजनलाई जानकारी गराएको तर परिवारजनले समयमै भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा बिरामीको मृत्यु भएको बताए।

बिरामीको मृत्यु भएपछि अस्पतालको ड्युटीमा रहेका प्रहरीले परिवारजनलाई दबाब दिएर मृतकको कोरोना परिक्षण नै नगराई राति नै मृतकको शव सहित सबैलाई अस्पतालबाट घर फर्काएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here