सर्लाही : ईश्वरपुर नगरपालिकाबाट चन्द्रनगर गाउँपालिका नाडीमन जाने बाटोमा एक ट्रक दुर्घटनामा परेको छ।

अनियन्त्रित भई ना.६ ख. ३७३४ नम्बरको ट्रक सडक किनारमा पुगेको थियो। ट्रक चिप्लिएर सडक किनारामा पुगे पनि त्यसमा सवार चालक तथा सहचालकलाई कुनै क्षति भने भएको छैन। सडकको बीच भाग भएर साइकल चलाउँदै एक आएका बालकलाई जोगाउन खोज्दा ट्रक अनियन्त्रित भई किनारमा पुगेको स्थानीयले जनाएका छन्।

बयलबास बजारभन्दा तल कलावती मन्दिरको छेउमा ट्रक दुर्घटना भएको हो। ट्रक रित्तो भएकाले ठूलो दुर्घटना हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here