सर्लाही : जिल्लाको बाँके जंगलमा प्रहरी र सिकारी समूहबीच आज दिउँसो दोहोरो गोली हानाहान भएको छ। प्रहरीले एक बन्दुकधारीसँगै तीन थान भरुवा बन्दुक र एक मृत निलगाई नियन्त्रणमा लिन सफल भएको छ।

इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट खटिएको प्रहरी गस्ती टोली जंगलमा पुग्दा दुई वटा मोटरसाइकल देखेपछि शंका लागेर जंगलभित्र पस्दा चार जनाको हतियारधारी समूहले फायर खोलेको थियो।

जवाफी कारबाहीमा दोहोरो भीडन्त भएको प्रहरी सर्लाही जिल्ला प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। हतियारधारी समूहबाट दुई राउण्ड र प्रहरीबाट पनि दुई राउण्ड गोली प्रहार भएको उनले जानकारी दिए। उनका अनुसार गोली प्रहारबाट कुनै मानवीय क्षति भने भएको छैन।

निषेधाज्ञा सुुरु भएसँगै बाँके, सागरनाथ, हिरापुर मूर्तिया, जानकीनगर र चुरेक्षेत्रका वन जंगलमा वन्यजन्तुको चोरी शिकारी  बढेको स्थानियवासी बताउँछन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here