गाउँभरि ज्वरो रुघाखोकीका बिरामी बढ्न थालेपछि अहिले लालबन्दी-१६ परवानीपुरमा मानिसहरूको सामान्य चहलपहल पनि बन्द हुन थालेको छ। अहिले परवानीपुर चोक सुनसान छ।

भाइरल ज्वरोका बिरामीहरुले चोकमा रहेको तीन वटा उपचार केन्द्र भरिएका छन्। परवानीपुर, झरझरा, देउराली, भोर्लेनी, तीनघरे, सतभैयाका दैनिक ३० देखि ४५ जना भाइरल ज्वरोका बिरामी आउने गरेका सिद्धार्थ प्राथमिक स्वास्थ्य केन्द्रका संचालक श्याम नाथ गुप्ताले बताए।

एउटै घरका ३-४ नै बिरामी भएका नाथले जानकारी दिए। केही बिरामीको लक्षण कोभिडसँग पनि मिल्दोजुल्दो रहेको परवानीपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट नवीन प्रसाद चौधरीले बताए।

उनले भने, ‘सम्भावित बिरामीहरू छन् तर जाँच हुन सकेको छैन। लालबन्दी नगरपालिकाले हिजोबाट कोरोना परीक्षणको एन्टिजेन जाँच गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्यकर्मीहरूले सम्भावित बिरामीलाई जाँच गर्न पठाउने जनाएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here