सर्लाही : बिहीबार गरिएको कोरोना परीक्षणमा जिल्लामा तीव्र रूपमा संक्रमण फैलिरहेको पुष्टि भएको छ।

जिल्ला अस्पताल मलंगवाको ल्याबमा बिहीबार साँझ संकलित १ सय ८८ जनाको स्वाबमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले दिएको जानकारीअनुसार संक्रमितहरू जिल्लाका विभिन्न क्षेत्रका हुन्।

स्वास्थ्य कार्यालय प्रमुख श्रवणकुमार नायकका अनुसार अहिलेसम्म जिल्लामा ४ सय ८ जनामा कोरोना पोजेटिभ पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयबाट आएको विवरण जोड्दा भने ३ सय ७६ हुन्छ। जसमध्ये ८० एन्टिजेन परीक्षण भएको हो। उनले भने, ‘हामीले जिल्लाम जाँच गरिएकामध्ये ६ सय ४६ जनाको पोजेटिभ आएको छ। दोस्रो भेरियन्ट फेलिएसँगै ११ जनाको मृत्यु भएको छ।’

सबै जोड्दा भने ७ सय ७६ जनामा हालसम्म कोरोना परीक्षण भएको उनले बताए। जसमा ४ सय ८ जनामा पोजेटिभ भएका छन्। जसमा हरिवनबाट हालसम्म ५४ जना र बागमतीबाट ७४ जनाको स्वाब लिइएको उनले बताए।

जिल्ला कोरोना फोकल पर्सन शिवानारायण साह पनि संक्रमित भएका नायकलले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here